जीवनको मूल्य?
सबैले आ-आफ्नो तरिकाले जीवनलाई व्याख्या गर्ने गरेका छन आउनुस भागवान बुद्धले कसरी जीवनलाई व्याख्या गर्नु भएको छ एउटा सुन्दर प्रशङ द्वारा जानौ ....
एकजना मान्छेले बुद्धलाई सोधे, ‘जीवनको मूल्य कति हो ?’ बुद्धले ती मानिसलाई एउटा चम्किलो ढुंगा दिएर भने, ‘बजारमा जाउ र यो ढुंगाको मूल्य पत्ता लगाएर आउ तर यो ढुंगालाई तिमीले बेच्न पाउने छैनौ ।’ .ती मानिस ढुंगा बोकेर बजारमा गए, सबै भन्दा पहिला उनि एक सुन्तला व्यपारिकोमा पुगे अनि ढुङ्गा देखाउदै त्यस व्यापारीलाई सोधे, ‘यसको मूल्य कति हो ?’ सुन्तलावालाले चम्किलो ढुंगा बोक्यो र भन्यो, ‘१२ वटा सुन्तला लेउ र यो ढुंगा मलाई देऊ ।’ .
त्यस पछी ती मानिस एक सागसब्जी बेच्ने व्यापारी भएको ठाउँमा गए र सोही प्रश्न दोहोर्याए । ती सब्जी व्यापारीले पत्थर हेरे निकै सुन्दर लागेर भने, ‘एक बोरा आलू लेउ र यो ढुंगा मलाई देऊ ।’
.
त्यस पछी ती मानिस एक सुन पसलेकोमा गए र त्यही प्रश्न पुन: दोहोर्याए । सुन व्यापारीले भने, ‘५० लाख दिन्छु, यो ढुंगा मलाई बेच ।’ उसले हुँदैन भन्यो ।
.
तत्काल व्यापारीले भन्यो, ‘त्यसो भए २ करोडमा देउ अथवा यसको मूल्य कति हो भन ।’ उसले सुनारलाई आफूलाई गुरुले यो ढुंगा बेच्ने अनुमति नदिएको सुनायो ।
. अगि बढ्दा बढदा ति मानिस ढुंगाको मूल्य पत्ता लगाउन एक हिरा व्यापारीको पसलमा पुगे र पत्थर देखाउदै पुन: त्यही प्रश्न गरे । हिरा व्यापारीले उक्त मानिसको अमूल्य रुबी हेर्दै त्यसलाई रातो कपडामा बिछ्याएर परिक्रमा गर्दै ढोगे अनि हिरा व्यापारीले भने, ‘कहाँबाट ल्यायौ यो अमूल्य रुबी ? सारा संसार बेच्दा पनि यसको मूल्य आउँदैन । यो अमूल्य छ ।’
. अगि बढ्दा बढदा ति मानिस ढुंगाको मूल्य पत्ता लगाउन एक हिरा व्यापारीको पसलमा पुगे र पत्थर देखाउदै पुन: त्यही प्रश्न गरे । हिरा व्यापारीले उक्त मानिसको अमूल्य रुबी हेर्दै त्यसलाई रातो कपडामा बिछ्याएर परिक्रमा गर्दै ढोगे अनि हिरा व्यापारीले भने, ‘कहाँबाट ल्यायौ यो अमूल्य रुबी ? सारा संसार बेच्दा पनि यसको मूल्य आउँदैन । यो अमूल्य छ ।’
.
ती मानिस हैरान भएर सिधै बुद्धकोमा फर्किए । सबै वृत्तान्त बताएर पुनः सोधे, ‘अब भन्नुहोस् भगवान, मानवीय जीवनको मूल्य के हो ?’
.
तब बुद्धले जवाफ दिए–
सुन्तला व्यापारीलाई देखायौ भने यसको मूल्य १२ वटा सुन्तला बतायो । सब्जीवालाले यसको मूल्य १ बोरा आलू लगाए । सुनारले २ करोड तोके भने हिरा व्यापारीले अमूल्य भने । मानवीय मूल्यको कुरा पनि यस्तै हो ।
.
यसर्थ, बुझ्न सक्यौं भने, हामी सबैको जीवन अमूल्य छ, तर अरुले आफ्नो औकात अनुसार हाम्रो जीवनको मूल्य तोक्छन् । तर कुनै दिन तपाईंको मूल्य बुझ्ने मानिस पनि भेटिनेछ, यसकारण जीवनमा सधैं आशावादी हुनुपर्छ र आफ्नो जीवनप्रति सकरात्मक हुनुपर्छ ।
No comments:
Post a Comment