Topics:

आबश्यकता
my slideshow

केहि तस्बिरहरु!

 पोखरा किर्तिपुर  ककनीको मनोहर दृश्य सहित सप्तगण्डगी रामेछाप जाँदा  पशुपती वनकाली

मौनता

रात को १०:३० बजिसकेको हुन्छ त्यसैले मैले भने "म अफ भए ल पछि कुरा गरुला"
.
उ भन्थि "ह्या! एकछिन त पख अझै कुरा सकेको छैन...."
.
"भोली पनि त दिन आउँछ, भोली कुरा गरे हुँदैन ?" मैले भने
.
"तिमी भोली नि त्यसै भन्छौ" रिसाउदै उस्ले जवाफ दिई
.
"उफ्स! हुन्छ आउ त्यसोभए कुरा गरौ !" निद्राले झुम्म भैसकेका परेलिलाई च्यात्दै उसको म्यासेजको रिप्लाई गर्थे !!!
.

साँच्चै भन्नुपर्दा मलाई उसको गुडनाईटक‍ो बानि नै परिसकेको थियो, उ अनलाइन अाईन भने, उसँग कुरा भएन भने नुन बिनाको तरकारी झै पुरा दिन नै खल्लो-खल्लो लाग्थ्यो त्यसैले पटक पटक उस्का पुरान म्यासेजहरु हेरेर जसो-तसो चित्त बुझाउथें, उस्लाई अन्लाईन देख्ने बित्तिकै धेरै दिनदेखिको भोको सिंहले मृगलाई झम्टे झै गर्दै मिस यु भन्दै म्यासेज गर्थे, उ पनि मेरा भावनालाई बुझे झै गर्दै मिस्यु टु भन्दै रिप्लाई फर्काउथि !!
.
टाढा हुँदा छिटो भेटौन भनेर कर गर्ने उ बल्लतल्ल समय निकालेर भेट्न जाँदा सरि ल आज त मेरो काम पर्‍यो, आर्को पटक चै पक्का भेटुम्ला है भन्दै डेट पर-पर सार्थी एकछिन त बेस्सरी रिस नि उठ्थ्यो,तर हुन्छ भन्दै म चुप नै बस्थे !! 
.
"चुप नबसन..." फेरि उसलाई मेरो मौनताले नि पिरोल्थ्यो, असह्य बनाउथ्यो त्यसैले भन्थी बरु रिस देखाउ, झगडा गर मसँग तर नबोलि नबस अात्तिदै मेसेज गर्थि!

"किन-किन मलाई तिम्रा हरेक शब्दहरु मन पर्छन, एउटा अदृष्य डोरिले ताने झै तिम्रा हरेक शब्दले मलाई तिमी तिरै डोर्‍याए झै लाग्छ" उ भन्थि
.
उसलाई मेरो भन्दा नि उ सँगको कुराकानिमा प्रयोग हुने मेरा शब्दहरुको ज्यादा न्यास्रो लाग्थ्यो रे त्यसो भन्दै मलाई नि भाबुक बनाउथि, म मजबुर हुन्थे उसलाई मन पर्ने शब्दको चयन गर्न अनि उस्लाई मन पर्ने केहि हरफहरु कोरेर मेसेज सेन्ड गर्थे । उ पनि खुशी हुँदै अरु पनि सुनाउन भन्थि,
.
म पनि 
के कम थिए र भाउ खादै भन्थे "औषधी नि धेरै खायो भने विष झै हुन्छ रे"
.
अनि उ पनि मलाई #
jealous बनाउन खोज्थि र भन्थी, "हेर न! आज एउटा केटासँग कुरा भाथ्यो उ मसँग फ्रेन्डसिप गर्न चाहन्छरे अनि नि उ त सरकारी जागिरे पनि रेछ नि!"
.
"ह‍ो र.... ? त्यसो भए फ्रेन्डसिप गरिहाल फेरि पछि पछुताउनु पर्ने होलानि"
.
मेरो उत्तर सुनेर उ फेरी 
घुर्क्याउदै भन्थी "भयो जाउ अब तिमिसँग बोल्दिन
.
"साँच्ची मैले तिम्लाई मेरा नयाँ हरफहरु सुनाए कि नै... ?" मसँग नि उस्लाई फकाउने बहाना तयार हुन्थें!!
.
अाज पनि ति पुराना यादले भरिएका परेलि छिट्टै निदाउदैनन तर के गर्नु आज भोली उ मसँग बोल्नै छाडेकि छ ! सायद उसलाई मन पर्ने मेरा शब्दहरु अब फुर्न छाडेछन वा मेरा शब्दहरु सबै पुराना भैसकेछन ?
.
कुनै दिन एक पलको मेरो मौनता नि असहनिए हुने उ आज अाफैँ मौनताको खोल अोढि बसेकि छ, म नि चुपचापै छु सिर्फ उस्को खुसिकोलागि अनि सोच्छु कतै मेरा शब्दले उस्लाई चोट त पुर्‍याउदैन्न ? ...

About Author Rameshwor Nepal

Electronics Engineer, Astrologer, Blogger, Preacher n Motivator, Learner, Brother, Son n Human~want to see Peace and Smile on Every Face

No comments:

Post a Comment

Start typing and press Enter to search