Topics:

आबश्यकता
my slideshow

केहि तस्बिरहरु!

 पोखरा किर्तिपुर  ककनीको मनोहर दृश्य सहित सप्तगण्डगी रामेछाप जाँदा  पशुपती वनकाली

अन्तिम यात्रा

.
हिड्दा हिड्दै अचानक म लडें, बिउँझ्दा मान्छेहरुको बाक्लो भिड उपस्थित थियो । सेतो एप्रोनमा उपस्थित व्यक्तिले ईशारा मै केहि भन्यो मैले सुन्न सकिन, उस्का कुराले अचानक भिड्मा कोलाहल मच्चिन्न लाग्यो । म भिड्को नजिकै गएर उनिहरुको कुरा सुन्ने प्रयास गरे, व्यक्ती हरु भन्दै थिए-'विचरा! मरेछ'
.
केहिबेर अघी सम्म साँचेका मेरा अनगिन्ती सपनाहरु यसै बिलिन भएर जाने भए!
म भित्र भित्रै आतिए, अच्चम्ममा परें म बोल्न सक्थे हिड्न पनि तर पनि व्यक्तीहरु मलाई मृत भन्दै थिए!
.
छिमेकि र अाफन्तहरु गाईएं गुईंए एक आपस्मा कुरा गर्दै थिए "जे जस्ताेभएनि मान्छे मज्जाकै थियो...."

अार्काेले बिचमा कुराकाट्दै भन्याे "साँच्चै राम्राे मान्छेलाई भगवानलेनि चाडैं उठाउदा र"छन्, के उमेर भएको थियो त ऐले नै जाने ? लाउ-लाउ खाउ-खाउ को उमेरमा दैव पनि साह्रै निष्ठुरी रहेछ..."
.
मानाै उ नै मेराे सबै भन्दा ठुलो अनि नजिकको हितैषि थियाे!
उनिहरुका कुरा सुन्दा लाग्थ्यो अनिहरु मलाई सम्पुर्ण तवरले जान्छन्!
.
म भिड को नजिक गए अनि भने 'म मरेको छैन ई म बोल्न सक्छु म हिड्न पनि सक्छु....' मैले आफु जिवित भएको स्पष्टिकरण दिने हर सम्भव प्रयास गरे, कोही पनि म तर्फ ध्यान दिदैन थिए!  
.
सायद मेरा शब्दहरु उनिहरु सुन्न अनि बुझ्न सक्दैन थिए!
.
अब म आफै दोधार मा परें साच्चै म मरेको थिए या जिवित नै ? 
.
म शरिर भित्र प्रवेश गरे मैले शरिरलाई उठाउने हर सम्भव प्रयास गरे तर शरिर डेग चलेन, अब म लग्भग निष्चित भैसकेको थिए, शरिर अनि म अलग भैसकेछौ भन्ने मा!
.
मैले भिड्को सबै तिर नियाले सबैका अनुहार मलिन थिए दु:खी झै देखिन्थ्यो त्यो भिड तर त्यही भिड्मा एक अजङ्गको व्यक्ती मलाई हेर्दै मुसुमुसु हास्दै थियो, मानौ उस्लाई मेरो मृत्युले कुनै प्रभाव पारेकै छैन, अझ उ त खुशी थियो मेरो मृत्युमा !!
.
हेर्दा जनावर जस्तै देखिने, उ अनौठो विमानमा सवार थियो! पखेटा थिएन्न त्यस्का न त कुनै उड्नको लागी पङखा तर पनि त्यो जनावर झै देखिने विमान पृथ्वीको सतह भन्दा केहि माथिनै देखिन्थ्यो! 
.
म उस्को नजिकै गए उ सानो आवाजमा भन्दै थियो 'अब केहि क्षण! ...... जसै जसै शरिर जलेर खरानी हुन्छ अनि त म सँगै जानु परिहाल्योनि' सायद उ मेरै कुरा गर्दै थियो !
.
यत्तिकैमा भिड बाट एउटाले भन्यो 'अब लाशलाई यसै धेरबेर राख्नुहुँदैन, बोकेर घाट सम्म लाने व्यबस्ता गर्नु पर्‍यो' उपस्थित सबैले उस्को कुरामा समर्थन जनाए !
.
एउटाले भन्यो 'मेरो बारिमा छ बाँस मर्दा पर्दा काम नलागे कैले लाग्ने हैन त ?', उस्ले अरु दुई व्यक्तिलाई नि साथै लाग्यो अनि केहिबेरमै बाँस लिएर तिनिहरु आए!
.
मेरो शरिरलाई कसेर उनिहरु घाट तिर लागे !
तीनिहरुलाई रोक्ने मेरा हर प्रयासहरु बिफल भए, दाउरा माथी मेरो शरिरलाई राखेर उनिहरु मलाई आगो लाउने व्यक्ती (दाग बत्ती कस्ले दिने) को हो भनेर सोद्धै थिए!
.
एउटाले भन्यो 'यो त अनाथ हो, सायद कोही छैन्न एस्का आफन्त दाग बत्ती दिनलाई'
अब कस्ले दिने त ? भिड्मा फेरी कोलाहल मच्चियो! 
.
एक वृद्ध अघी सरेर भने 'जस्को कोही हुँदैन उस्को ब्राह्मणले दिने चलन छ'
त्यही घाटमा उपस्थित ब्राह्मणले दाग्बत्ती दिने निर्णय लिए उनिहरुले! 
.
हातमा मसाल लिएर ति छानिएका ब्राह्मण अगि सरे हेर्दा हेर्दै मेरो शरिरलाई आगो लगाईयो म चिच्याउदै थिए, कराउदै थिए उनिहरुलाई रोक्ने प्रयास गर्दै थिए यत्तिकैमा पछडिबाट कसैले मलाई डोरिले तानेझैं आभास भयो म पछी फर्किए, त्यही अगिको देख्दै डरलाग्ने अजङ्गको व्यक्ती 'हिंड अब तेरो यहाँ समय सकियो भन्दै' मलाई तान्दै रहेछ!
.
यत्तिकैमा मेरो निद्रा खुल्यो, बिउँझ्दा म आफ्नै ओक्ष्यमा थिएँ!
.
#काल्पनिक !!

About Author Rameshwor Nepal

Electronics Engineer, Astrologer, Blogger, Preacher n Motivator, Learner, Brother, Son n Human~want to see Peace and Smile on Every Face

No comments:

Post a Comment

Start typing and press Enter to search