Topics:

आबश्यकता
my slideshow

केहि तस्बिरहरु!

 पोखरा किर्तिपुर  ककनीको मनोहर दृश्य सहित सप्तगण्डगी रामेछाप जाँदा  पशुपती वनकाली

गए पनि

.......

आउँदै गर्नु यादबनि' घात गरेर गए पनि !
कहाँ मर्छ वृक्ष दुईचार' पात झरेर गए पनि ?


आफ्नो भन्न कहिल्यै' नपाईने रहेछ !
अरुको नासो आफ्नै' हात परेर गए पनि !

फुर्सद कस्लाई मिल्छ' यहाँ बिना स्वार्थ !
पुरा दिन अनि' रात सरेर गए पनि !!

यादहरुको कस्तो मोह' पास बन्ने रहेछ !
आईराख्ने समझना त्यो' बात टरेर गए पनि !!

अधुरो नै छुट्ने रहेछ' खास लाग्ने पल !
कहिले काहिं त पुरै' मात भरेर गए पनि !!

कस्तो अनौठो रहेछ' प्रेम को परिभाषा !
अमर हुन्छ भन्ने छैन' साथ मरेर गए पनि !!

आउँदै गर्नु यादबनि' घात गरेर गए पनि !
अमर हुन्छ भन्ने छैन' साथ मरेर गए पनि !!


About Author Rameshwor Nepal

Electronics Engineer, Astrologer, Blogger, Preacher n Motivator, Learner, Brother, Son n Human~want to see Peace and Smile on Every Face

No comments:

Post a Comment

Start typing and press Enter to search