Topics:

आबश्यकता
my slideshow

केहि तस्बिरहरु!

 पोखरा किर्तिपुर  ककनीको मनोहर दृश्य सहित सप्तगण्डगी रामेछाप जाँदा  पशुपती वनकाली

स्वर्गका कुराहरु(१)

.
हिजो घुम्दा-घुम्दै सपनिमा स्वर्ग पुगेछु मलाई स्वर्गमा भव्यताका साथ स्वागत गरियो मानौ देवराज ईन्द्र मेरै प्रतिक्षामा थिए!
.
अनी देवेन्द्रले अङकमाल गर्दै मलाई सोधे-"के कती कामले वर्षौ पछी स्वर्ग पाल्नु भयो ?"
साँच्चै देवराजको यस्तो व्यवहारले मलाई अच्च्मित बनायो, वर्षौ देखिको चिर परिचित मित्रले झै प्रेम अनि सम्मान ?
मैले जवाफ फर्काए-"घुम्दा घुम्दै यहाँ आइपुगेछु"
आईहाल्नुभयो अब एकपटक स्वर्ग पनि हेरेर जानुस भन्दै एक सुन्दरी लाई स्वर्ग घुमाईदिने जिम्मा सुम्पिए!
.
उसँग को परिचयमा उस्ले आफ्नो नाम उर्वशी बताई!
राज-महल का हरेक कुना यती सुन्दर थिए मानौ त्यस्को सौन्दर्य लाई नै हेरेर आन्दिन भैराखु
दरवार पुरै घुमिसके पछी उस्ले वन तिर ईसारा गर्दै भनि "त्यो चै नन्दन भन"
त्यहाँ एउटै रुखमा स्याउ अनि अनार फलेको देखियो!
उस्ले एक सुन्दर वृक्ष तिर ईशारा गर्दै भनि "यो चै कल्प वृक्ष जो हरेक ईच्छा पुरागर्न समर्थ छ"
यतिकैमा लाखौ व्यक्तीहरुको एकहुल कसैको जय जय कार गर्दै हिडिरहेको देखिए अनि मैले

जिज्ञासावस सोधे को हुन तिनिहरु अनि कस्को जय जय कार गर्दै छन ?
ती माहत्मा बुद्ध थिए अनि बाँकी चै उन्का अनुयायी हरु जो बुद्ध को जन्म दिवस को खुशियाली मनाउदै छन्!
.
फेरी केहि समय पछी त्यस्तै आर्को भिड देखियो तिनिहरु पनि कसैको जय जय कार गर्दै हिडिरहेका थिए फेरी मैले सोधे तिनिहरु चै को थिए ?
.
उस्ले भनि-"ती गुरु नानक का अनुयायी थिए जो आफ्नो गुरुको जन्मदिन को खुशियाली मनाउदै थिए" 
यसै गरी अनेकौ भिड हरु आउदै-जादै थिए सबको बारेम उ मलाई बताउदै गै केहि बेर पछी एक व्यक्ती
.
एक्लो हिडदै आईरहेको देखियो #बिल्कुल_एक्लो अनौठो लाग्यो हरेक व्यक्ती झुन्ड झुन्ड मा थिए तर त्यो व्यक्ती बिल्कुल एक्लो मैले सोध्नु अगि नै उस्ले त्यो व्यक्ती तिर ईशारा गर्दै भनि "हो त्यो चै परमात्मा"
म अचम्ममा परे उस्लाई केहि सोध्न खोज्दै थिए यतिकैमा कसैले मलाई ब्युउझ्याई दियो !
.
कतै हामी मार्ग अनि सिद्धान्तको नाममा गलत बाटो तर्फ पो अग्रशर हुँदै छैनौ,सबैले एकपटक सोच्नेकी ?
#बिल्कुल_काल्पनिक

About Author Rameshwor Nepal

Electronics Engineer, Astrologer, Blogger, Preacher n Motivator, Learner, Brother, Son n Human~want to see Peace and Smile on Every Face

No comments:

Post a Comment

Start typing and press Enter to search