Topics:

आबश्यकता
my slideshow

केहि तस्बिरहरु!

 पोखरा किर्तिपुर  ककनीको मनोहर दृश्य सहित सप्तगण्डगी रामेछाप जाँदा  पशुपती वनकाली

रङ्गहरुको पर्व

रङ्गहरुको पर्व होली!   
खुशी अनि हर्षोल्लासको पर्व!
असत्य माथी सत्यको जितको पर्व! 

होली स्को र्थ नै हुन्छ पवित्रता

होली यस्तो पर्व जो बाल-बालिका वृद्धा अनि युवा सबै माझ उत्तिकै लोक प्रिय छ! 

पौराणिक ग्रन्थ अनुसार सत्य युगमा राक्षसराज हिरण्यकश्यपुका पुत्र भक्त राज प्रह्लादलाई मार्नका लागी गरिएका अनेकौ प्रयास बिफल भए पछी हिरण्यकश्यपुले आफ्नि बहिनी सिंहिका (जस्लाई अग्निदेव बाट नजलाउने वरदान प्राप्त थियो) लाई लिएर अग्निमा प्रबेस गर्न लगाईएको थियो तर अग्निले आफ्नो वचन भन्दा धर्मलाई ज्यादा महत्व दिदै सिंहिका लाई नै जलाई दिएकाले असत्य माथी सत्य को जितका रुपमा यो पर्व मनाउदै आएको पाईन्छ्!

वैदिक पञ्चाङ अनुसार फाल्गुन पुर्णिमा मा मनाईने भएकाले फागु तथा फाल्गुण महिना अर्थात हेमन्त ॠतुको अन्त्य अनि बसन्त ॠतुको प्रारम्भ मै मनाईने भएकाले कत्ती पए ठाउमा 'वसन्तोत्सव' भनेर पनि होली मनाई गरेको पाईन्छ! 



होलि यस्तो पर्व हो जस्ले ऐतिहासिक, सामाजिक, सांस्कृतिक अनि आध्यात्मिक महत्व बोकेको छ!

फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि विशेषरूपले सजाईएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको मानिन्छ! 

नारद, भविष्य पुराण लगाएत जैमिनी मीमांसा सूत्र,ग्राह्य सूत्र जस्ता प्राचिन शास्त्रहरुमा पनि यस पर्वको वर्णन पाईन्छ!

 यस्तो पर्व जस्मा पुराना सबै तिक्तता भुलेर सबै जना एक आपसमा खुशिका रङ्ग हरु बढ्ने गर्छन्! 

नेपाल, भारत, पाकिस्तान लगाएत बंगलादेश, बेलायत, दक्षिण अफ्रिका,  अमेरिका लगाएत विश्वका धेरै देशमा भिन्न भिन्न नाम अनि भिन्न भिन्न स्वरुपमा होली मनाउने गरेको पाईन्छ्! 

नेपाली मात्र हैन नेपाल घुम्न आएका बिदेश पर्यटक हरु पनि उत्तिकै उत्साह अनि हर्षोल्लासका साथ यो पर्व मनाई रहेका पाईन्छन्!

हिन्दू धर्म ग्रन्थमा यस पर्वको वर्णन गरेको भएता पनि फागु पर्व सबै धर्म, जात, संप्रदायका व्यक्तिमा उत्तिकै प्रिय भएको छ । 

आज भोली विदेशी संस्कृतिको अन्ध अनुकारणले यस पर्वमा पनि बिकृती निम्त्याएको छ!

आउनुस हामी पनि सम्पुर्ण पिडा तथा पुराना बैर लाई भुलेर हर्षोल्लास  अनि आनन्दको रङ्ग मा रङिउ!

🌹❤️🧡💛💚💙💜🖤💗💓 सम्पुर्णलाई होलिको मंगलमय शुभकामना !! 🌹❤️🧡💛💚💙💜🖤💗💓

About Author Rameshwor Nepal

Electronics Engineer, Astrologer, Blogger, Preacher n Motivator, Learner, Brother, Son n Human~want to see Peace and Smile on Every Face

No comments:

Post a Comment

Start typing and press Enter to search