Topics:

आबश्यकता
my slideshow

केहि तस्बिरहरु!

 पोखरा किर्तिपुर  ककनीको मनोहर दृश्य सहित सप्तगण्डगी रामेछाप जाँदा  पशुपती वनकाली

प्रियतम् कहाँ कहाँ खोजुँ तिमीलाई - नेपाली गीत

प्रियतम् कहाँ कहाँ खोजुँ तिमीलाई, 
बिहानीको ओसमा कि जूनको उज्यालीमा? 
चिसो हावाको स्पर्शमा भेटूँला झैँ लाग्छ, 
तर फेरी हराउँछौ तिमी कुहिरोको अन्धकारमा ॥१॥ 

 तिमी हाँस्दा फुल्थे सुन्दर फूलहरू, 
आज तिनै ओइलिएका छन्, सुस्ताएर। 
तिमी बोल्दा गुञ्जन्थे पाखामा चराहरू, 
अब त मौन छन्, खुसीहरू अस्ताएर ॥२॥
तिमी बिना उदाउँदैन्न मेरा बिहानहरू, 
मौन छन् घडीका हरेक सुइहरू। 
तिमी बिना अधुरा छन् ती कविता-पङ्क्तिहरू, 
न लेखिन्छ अब भावनाका सुनहरा अक्षरहरू ॥३॥ 

प्रिय सम्झना बनी बस्छ्यौ नयनभित्र, 
छायाँ झैँ पछ्याउँछ्यौ सपनीमा। 
जब खोज्छु साथ बिलाउँछ्यौ एकान्तमा, 
विलिन हुन्छ्यौ यादको किनारामा ॥४॥ 

प्रियतम् कहाँ कहाँ खोजुँ तिमीलाई, 
शब्दमा, श्वासमा कि मौनताको लहरहरूमा? 
तिमी हराएपछि म हराएँ आफैँ, 
अब बाँकी छु तिमी फर्कने पर्खाइहरूमा ॥५॥ 

कहिले सुन्छु तिमीझैँ आवाज हावामा, 
कहिले देख्छु तिम्रो मुहार बादलुको छाँयामा। 
कसरी बाँचुँ अब यो मन लिएर? 
तिमी बिना अधूरो छु आफ्नै कथामा ॥६॥ 

भेटिन्छ्यौ तिमी सायद त्यो सन्ध्यामा, 
जहाँ सूर्य ढल्दै छ हिजो झैँ छितिजमा। 
पुराना गीतको धुनहरूमा, 
मेरा गीत अनि कविताका शब्दमा ॥७॥ 

प्रियतम् कहाँ कहाँ खोजुँ तिमीलाई, 
पवनको स्पर्शमा कि समुन्द्रको छालहरूमा? 
तिमी बिना दु:ख हृदय, रोकिन्छ धड्कन, 
कसरि व्यक्त गरौ शब्दको जञ्जालहरूमा ॥८॥

About Author Rameshwor Nepal

Electronics Engineer, Astrologer, Blogger, Preacher n Motivator, Learner, Brother, Son n Human~want to see Peace and Smile on Every Face

No comments:

Post a Comment

Start typing and press Enter to search